बिर्तामोड। जल तथा मौसम विज्ञान विभागले आगामी दुई दिन देशका विभिन्न ठाउँमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी र कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा तीव्र हावाहुरी चल्ने विभागले जनाएको छ । विभागका अनुसार भोलि (६ गते शुक्रबार) दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई आसपासका जिल्लाहरूमा तीव्र हावाहुरी चल्ने पूर्वानुमान गरिएको…