मेचीनगर - सुर्खेत वीरेन्द्रनगर–१ की १६ वर्षीया बलात्कारपछि ‘हत्या गरिएकी’ इनिशा विकको हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै सुदूरपुर्व झापामा प्रदर्शन गरिएको छ । सोमबार प्रगतिशील युवा क्लब मेचीनगर -१० धुलावारीको अगुवाईमा मेचीनगरका विभिन्न संघ संस्थाहरुको सहभागितामा घटनाको विरुद्धमा मेचीनगर-६ काँकरभिट्टामा खबरदारी सभा भएको हो । प्रदर्शनमा उत्रिएकाहरूले इनिशालाई न्याय देउ, बालिकामाथि हुने बलात्कार,…