काठमाडौं, १७ भदौ । ज्योति विकास बैंक लिमिटेडले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढी तथा त्यसपछिको विपदबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि कुल एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। बैंकले बाढीपीडितको सहयोगार्थ 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष'मा ५० लाख रुपैयाँ जम्मा गरेको छ। यसका साथै, बाढीबाट क्षति पुगेका रसुवा, नुवाकोट र…