लक्ष्मी उप्रेती मेचीनगर - झापालाई साइकल पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले ‘घुमौँ झापा साइकलमा’ अभियान सुरु गरिएको छ। झापा साइक्लिङ क्लबले आयोजना गरेको यो कार्यक्रम शनिबार मेचीनगर–६ काँकरभिट्टास्थित पर्यटन कार्यालय परिसरबाट सुरु भएको हो। सामूहिक साइकल यात्रामार्फत झापाको पर्यटन प्रवद्र्धन गर्नुका साथै महिला तथा युवालाई साहसिक गतिविधिमा सहभागी गराउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको आयोजकले…