सीमा स्तम्भ मर्मत सम्भारबारे बिर्तामोडमा नेपाल–भारतको संयुक्त बैठक

बिर्तामोड । झापाको बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरुबिच सीमा स्तम्भ मर्मत सम्भारको विषयमा समीक्षा भएको छ । शुक्रवार बिर्तामोडको होटल किङ्सबरीमा दुई देशका अधिकारीहरुबिच मर्मत सम्भारको प्रगति बारे समीक्षा भएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । नेपाल र भारतबिच रहेको सीमा स्तम्भ मर्मत र सम्भारका विषय बैठकमा छलफल भएको प्रजिअ गेलालले बताए…