सम्पादकीय सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि माहोल अशान्त छ । त्यहाँको घटनापछि पूर्वका विभिन्न भागमा प्रदर्शनहरु भइरहेका छन् । माहोललाई शान्त बनाउनका लागि स्थानीयस्तरमा भइरहेका प्रयासहरु पर्याप्त र प्रभावकारी हुन सकिरहेको छैन । दुई समुदायबीचको इगोका कारण तनावको वातावरण शान्त हुन सकेको छैन । जातीय र धार्मिक द्वन्द्व भनेको यसै हुने…