काठमाडौँ - सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सरकारले सञ्चालन गरेको ‘दिवा खाजा कार्यक्रम’ कक्षा ६ सम्म विस्तार गर्न सरकारलाई बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले माग गरेको छ । आज विज्ञप्तिमार्फत कक्षा ६ मा अध्ययनरत सामुदायिक विद्यालयका चार लाख ३४ हजार विद्यार्थीलाई दिवा खाजा कार्यक्रमको लागि बजेट सुनिश्चित गरिदिन सिजपले सरकारसँग अनुरोध गरेको हो…