झापा । नेकपा एमाले झापाले देशभरका शिक्षकहरु विद्यालय पठनपाठन ठप्प पारी काठमाडौ केन्द्रित सडक आन्दोलनमा रहेको विषयले आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीले प्रेस विज्ञप्ति जारी गरी नेपाल शिक्षक महासंघको आह्वानमा सामुदायिक विद्यालयहरुको पठनपाठन रोकेर शिक्षकहरु सडक आन्दोलनमा जानुपर्ने वातावरण तय गर्ने गठबन्धन सरकारप्रति खबरदारी पनि गरेका छन्…