पाथीभरा एकेडेमीको विवाद सतहमा

झापा, माघ ५ । झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरस्थित पाथीभरा एकेडेमीको विवाद सतहमा आएको छ । जिर्ण भवन, आन्तरिक विवाद, प्रशासनिक अव्यवस्था र कानुनी अपारदर्शिताका कारण विद्यालयको भविष्य मात्र होइन, त्यहाँ अध्ययनरत विद्यार्थीहरूको सुरक्षा र शिक्षा प्रत्यक्ष रूपमा जोखिममा परेको खुलेको छ । आफूलाई विद्यालयका सञ्चालक तथा ५० प्रतिशत शेयरधनी दावी गर्दै रवि पोद्दारले सोमवार बिर्तामोडमा…