काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् प्रतिनिधिसभा सदस्य रवि लामिछानेले दलित समुदायसँग माफी मागेका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दलित समूदायमाथि हालसम्म राज्यले गरेको विभेदप्रति रोष्ट्रमबाट माफी मागेका हुन्। ‘आजसम्मको विभेद सामाजिक गल्ती थिएन। संगठित अपराध थियो। यो देश किन बनेन थाहा छ– किनकि जसका हातमा सीप थियो, उसलाई हामीले अछुत मान्यौं।…