पूर्वीनाका काँकडभिट्टाबाट एक अर्ब ३७ करोड रुपैयाँको चिया निर्यात

झापा – पूर्वीनाका काँकडभिट्टाबाट चालू आर्थिक वर्षको पहिलो चौमासिक अर्थात साउनदेखि कात्तिकसम्ममा एक अर्ब ३७ करोड ३० लाख ७७ हजार रुपैयाँ बराबरको चियाको निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९ सय ३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो । गएको आर्थिक वर्षको पहिलो…