प्रदीप परियार बिर्तामोड । झापामा धान थन्काएका किसान अहिले आलु रोप्नमा व्यस्त छन् । कात्तिक मंसिरमा धान काटेपछि यहाँका किसानले दलहन, हरियो तरकारीसँगै आलु, प्याज, लसुन रोप्ने गरेका छन् । अधिकांश किसानले घरमा खानलाई र व्यवसायिक कृषकले विक्रीका लागि आलु खेति गर्दै आएका छन् । खेतिका लागि झापाका किसानले आलुको बीउमा भारतसँगै निर्भर हुनुपरेको छ…