उच्च मनोबलका साथ चुनावी सुरक्षामा खटिएका छौँ : प्रहरी

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि उच्च मनोबलका साथ चुनावी सुरक्षामा खटिएको नेपाल प्रहरीले जनाएको छ । चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनु सबैको साझा दायित्व भएकाले त्यसतर्फ ध्यान केन्द्रित गरेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले चुनावलाई पर्वका रूपमा मनाउन…