वालिङ - नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलले तयार गर्ने घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । वालिङमा वालिङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको नवौँ वालिङ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले निजी क्षेत्रका एजेण्डालाई सबै राजनीतिक दलले घोषणापत्रमा राखेर कार्यान्वयन गरेको खण्डमा छोटो समयमा नै देशले सफलता…