काठमाडौं । सर्वोच्च अदालतकाे संवैधानिक इजलासले नेकपा नेता वामदेव गौतमको पक्षमा आदेश दिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित गाैतम राष्ट्रियसभा सदस्य बन्न र मन्त्री बन्न राेक्न अन्तरिम आदेश माग गरिएकाेमा अदालतले अस्वीकार गरेकाे हाे । याे आदेशसँगै उनलाई मन्त्री बन्न पाउने बाटो खुल्ला भएको छ । पाँच सदस्यीय इजलासमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको राय भने बाझिएको छ ।…