मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालयमा हुन सक्ने लैङ्गिक हिंसा विरुद्वको सचेतनामुलक कार्यक्रम गरेको छ । नगरपालिकाको महिला, बालबालिका तथा समाजकल्याण शाखाले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना अन्तरगत पुरुष सञ्जाल मार्फत विद्यालयमा गएर विद्यार्थीहरुलाई अन्तरक्रिया कार्यक्रम गरेको हो । नगरका दश वटा सामुदायिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभिमुखीकरण तथा छलफल कार्यक्रम गरिएको…