महिला फुटबल : फाइनलमा धरान र कनकाईको भेट पक्का

बिर्तामोड । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको कनकाई महिला फुटबल टिम प्रदेशस्तरीय महिला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जीतसँगै कनकाईले कम्तिमा ५१ हजार १११ रुपैयाँ सुरक्षित गरेको छ । आइतबार बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक बिर्तामोड फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै कनकाई फाइनलमा प्रवेश गरेको हो ।…