पाँचथर, ११ पुस । पाँचथरको याङ्वरक गाउँपालिका–३ स्थित पाथीभरा चिया बगानको चिया प्रतिकिलो रु पाँच हजारसम्ममा बिक्री हुने गरेको छ । प्राङ्गारिक प्रमाणित भइसकेको यहाँ उत्पादित चियाको ठूलो हिस्सा युरोपका विभिन्न मुलुकमा निर्यात हुने गरेको छ । आफ्नो स्वादअनुसारको चिया खरीद गरी लैजान तथा यहाँको चियाको अन्तर्राष्ट्रिय ब्यापार गर्न युरोपेली विभिन्न मुलुक तथा छिमेकी मुलुक चीनका…