वैदेशिक रोजगारीमा जानेलाई मनोपरामर्श दिन सुझाव

काठमाडौं, ८ पुस । मानसिक रुपमा स्वस्थ्य नभएसम्म शारीरिक रुपमा सक्षम नहुने भएकाले वैदेशिक रोजगारीमा जाने कामदारको शारीरिक परीक्षणसँगै उचित मनोपरामर्श दिनु आवश्यक भएको सरोकारवालाले बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोग र ‘कोशिस’ नामक संस्थाले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको ‘आप्रवासन र मानसिक स्वास्थ्य’ विषयको अन्तरक्रियामा सहभागी वक्ताले पारिवारिक वियोगसँगै गन्तव्य मुलुकमा आइपर्ने मानसिक तनाव व्यवस्थापनका…