भद्रपुर । हडिया कृषक कुलो जल उपभोक्ता संस्था भद्रपुर–९ले ४९ लाख ३३ हजारको लागतमा पक्की कुलो निर्माण कार्य सम्पन्न गरेको छ । भद्रपुर ९ साविक चन्द्रगढी वडा नम्बर ३,४, ५ र ९ का किसानको ४१० हेक्टर जमिनमा सिचाई पुग्ने गरी नहरको पहिलो चरणको कार्य सम्पन्न गरिएको हो । झण्डै २७ किलोमिटर लामो नहर निर्माण गरिने…