उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न

छठ पर्व अन्तर्गत व्रतालुहरूले आइतबार यहाँ उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन भएको छ । मूलविधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालुहरू यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर र अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर…