हल्दिवारी । झापाको हल्दीवारी गाउँपालिका वडा नम्वर–२ का अध्यक्षको कामप्रति असन्तुष्टी जनाउँदै चार जना सदस्यले गाउँपालिका अध्यक्ष समक्ष ज्ञापन पत्र बुझाएका छन् । वडा अध्यक्ष राजेन्द्र योङहाङले वडा कार्यालयमा बैठक नराखेको, वर्षाको समयमा विग्रिएको सडक बनाउन गाउँपालिकाले ३० लाख रुपैयाँ वजेट दिए पनि आफुले काम नगरेको र सदस्यलाई काम गर्न नदिएको, लक्षित समुदायलाई छुट्याएको बजेट…