विश्वकप क्रिकेट : आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा

एजेन्सी । म्यानचेस्टरको विशाल सडक र ओल्ड ट्राफोटको स्ट्याण्ड, आईसीसी एकदिवशीय विश्वकप क्रिकेटको बहुप्रतिक्षित खेलमा समर्थकको उत्साहसँगै सानदार हुनेछ । यो खेल विश्व क्रिकेटकै रंगशालामा हाउसफुल र विश्वभर टेलिभिजनमार्फत करोडौँले प्रतिक्षा गरिरहेको खेल हो । वर्षाका कारण रद्ध भएको न्यूजिल्याण्डविरुद्धको पछिल्लो खेलसँगै विराट कोेहलीको नेतृत्वमा रहेको भारतले परम्परागत चीर प्रतिस्पर्धी पाकिस्तानसँग म्यानचेस्टरको मैदानमा प्रतिर्पर्धा गर्दैछ…