अर्जुनधारा । बुद्धशान्ति–१ शहीद भूमिबाट चुनावी अभियानमा जुटेकी नेपाली कम्युनिष्ट पार्टीकी उम्मेद्वार धर्मशीला चापागाईं विशेष गरी शहीद परिवार, असक्त र असहायको घर आँगनमा पुग्दै आएकी छिन् । झापा क्षेत्र नं. २ चुनाव प्रचार अभियान अन्तर्गत उम्मेद्वार चापागाईंसँग निर्वाचन परिचालन समितिका संयोजक हरिकुमार राना, पवन तिम्सिना, देवकला प्रसाई, देवकुमारी चौधरी लगायत घरदैलो गर्दै हिडेका छन् ।…