भद्रपुर । झापा भद्रपुर – ८ का मतदाताले जितेर गाउँ नफर्किनेहरुलाई भोट नदिने प्रतिक्रिया दिएका छन् । शुक्रवार भद्रपुर विमानस्थल पूर्व क्षेत्रका मतदाताले जितेर गाउँ नआउनेहरुलाई अब मत नदिने बताएका हुन् । नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हरि बहादुर राजवंशीलाई सो क्षेत्रका बासिन्दाले ‘जितेपछि तपाई पनि नआउने होला’ भन्दै शंका व्यक्त गरे ।…