काठमाडौं - नेपाली कांग्रेस संसद विघटनको असंवैधानिक कदमका विपक्षमा रहेको जनाएको छ। शुक्रबार साँझ विकसित घटनाक्रम लगत्तै उपसभापति पुर्णबहादुर खड्काको संयोजकत्वमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद विघटन सर्वोच्च अदालतको ब्याख्या विपरीत भएको र संविधान सम्मत नभएको जनाएको छ। संसद विघटनको यो उपक्रम हाम्रो संविधानको परिकल्पना र सम्मानित सर्वोच्च अदालतको ब्याख्या विपरीत छ, संविधान…