बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि सुरु प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा आयोजक बिर्तामोड नगरपालिकाले सानदार सुरुवात गरेको छ । बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति गाउँपालिकालाई ५–० गोलअन्तरको एकतर्फी जित निकालेको हो । एकोहोरो दबाब सिर्जना गरेको बिर्तामोडको खेलमा सुनकला राईले ह्याट्रिकसँगै ४ गोल गरिन् भने एक…