काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले बोलाएको सांसदहरूको बैठक श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले बहिष्कार गरेका छन् । प्रधानमन्त्रीले बोलाएको कोठे बैठकमा सहभागी नहुने उनले स्पष्ट पारेका हुन् । आफ्ना पार्टीका अन्य सांसदहरू पनि बैठकमा सहभागी नहुने उनले बताए । ‘प्रधानमन्त्रीले सदन बोलाउनतिर पहल नगरी कोठे बैठकमा बोलाउनुको कारण थाह भएन । हामी…