झापा - झापाको बाहुनडाँगी क्षेत्रमा जङ्गली हात्तीको बढ्दो आतङ्कका कारण स्थानीयवासी त्रसित बनेका छन् । हुलका हुल जङ्गली हात्ती त्यहाँ प्रवेश गरी स्थानीयका बाली नष्ट पारिदिने र मान्छे समेतलाई आक्रमण गर्ने डरले स्थानीयमा चिन्ता बढाएको हो । हात्तीको आक्रमणबाट विगतमा २९ जना र यस वर्ष दुई जना गरी हालसम्म ३१ जनाले अकालमै ज्यान गुमाइसकेका छन्…