फिक्कल - यहाँको माङसेबुङ गाउँपालिका–२ इभाङका किसान पृथीमान जवेगूले गत वर्ष ३० रोपनी क्षेत्रफलमा रैथाने बाली फापरको खेती गर्नुभयो । पछिल्लो समय लोपोन्मुख बन्दै गएको पोषणयुक्त खाद्यान्न फापरको व्यावसायिक खेती सुरु गर्नुभएका उहाँले पहिलो वर्षमै उत्साहजनक उत्पादन हासिल गर्नुभयो । कम मेहनत र कम लागतमा नै राम्रो उत्पादन हुने भएकाले फापरखेतीले उहाँलाई निकै प्रभावित बनायो…