बिर्तामोड । माछा पालन सम्बन्धमा बिर्तामोड नगरपालिका २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले सामाजिक सञ्जालमार्फत भ्रामक सूचना सम्प्रेषण गरेको भन्दै झापाका माछा पालक किसानले आपत्ति जनाएका छन् । वडाध्यक्ष संग्रौलाले भ्रामक, तथ्यहिन र बिनाआधार सामाजिक सञ्जाल फेसबुकमा माछा पालन सम्बन्धी स्टाटस लेखेको भन्दै माछा पालक किसानले आक्रोश व्यक्त गरेका हुन् । बिहीबार बिहान बिर्तामोड ३ सैनिकमोडमा…