शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–८ ले नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै स्कुल डाँडामा रहेको अरुणोदय आधारभूत विद्यालयलाई विद्युतीय अटो (ई–रिक्सा) उपलब्ध गराएको छ । बिहीबार एक कार्यक्रमकाबीच वडा अध्यक्ष सन्तकुमार फेउदिनले सो विद्यालयका विद्यार्थीलाई ई—रिक्सामा राखेर विद्यालय परिसर घुमाउँदै विद्यालयलाई हस्तान्तरण गरेका हुन् । वडा अध्यक्ष फेउदिन, वडा सदस्य टिकामाया दर्जी, विवेक थिंङ, ज्ञानु…