काठमाडौं, चैत १८ । नेकपा एमालेकी सचेतक सुनिता बरालले मातृभाषाको नाममा स्थानीय तहका प्रमुख–उपप्रमुख र वडाध्यक्षहरुले कलिला बालबालिकामाथि हदैसम्मको अन्याय गरेको तथ्य प्रस्तुत गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको सून्य समयमा बोल्दै एमाले सचेतक बरालले मातृभाषाको नाममा लादिएको पाठ्यपुस्तकबारे गम्भीर ध्यानाकर्षण गराउनु भएको हो । ‘स्थानीय तहहरुले मौलिक पाठ्यपुस्तक निर्माण गर्ने नाममा गलत तथ्य, बिबादित…