बिर्तामोड । झापा बिर्तामोड –२ स्थित चारपानेमा रहेको श्री साङ्गवेद संस्कृत माविका विद्यार्थी आन्दोलित भएका छन् । विद्यालयका प्रधानाध्यापक दामोदर न्यौपानेले गत मंसिर २१ गते एक विद्यार्थीमाथि निर्घात कुटपिट गरेको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलित भएका हुन् । विद्यालयका प्रअ न्यौपानेले विद्यार्थीले विद्यालय परिसमा गीत गाएको कारण उनलाई घोप्टो पारेर मुक्का हानेको प्रत्यक्षदर्शी विद्यार्थीहरु बताउँछन् ।…