जहाँ शब्दहरु ध्यान बन्छन्

- एकराज प्रधान  कविताप्रति ममा खासै आकर्षण थिएन तर कथा भनेपछि हुरुक्कै । स्कुले जीवनमा कविताको अंश राखेर ‘भाव विस्तार गर’ भन्ने प्रश्नहरु साह्रै झिँजो लाग्ने । विम्ब प्रतीकको जोड घटाउ, छन्दका हिसाबहरु दिमागले फिटिक्कै नभ्याउने । त्यही हिसाब नबुझेकाले होला कविता सुन्ने कार्यक्रमहरु मेरा लागि दिक्क लाग्दो हुन्थ्यो । कविहरु अनेक भावभङ्गीमा कविता सुनाइरहेका हुन्छन्, मेरो दिमाग अन्तै…