आईसीसी टी–२० विश्वकप क्रिकेटमा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् । पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड खेल्दैछन । सुपर एटको समूह–१ को विजेता दक्षिण अफ्रिका र समूह २ को उपविजेता न्युजिल्यान्डबीचको सेमिफाइनल खेल बेलुका सवा ७ बजे कोलकाताको इडेन गार्डेन्समा शुरु हुनेछ । टी–२० विश्वकपमा दक्षिण अफ्रिका अघिल्लो संस्करणको फाइनलमा भारतसँग पराजित भएको थियो ।…