बिर्तामोड । झापाको बिर्तामोडबाट भारतको राजस्थानस्थित प्रसिद्ध श्रीश्याम मन्दिर खाटु धामसम्म नेपालकै पहिलो एकल पैदल धार्मिक यात्रा सुरु भएको छ । बिर्तामोड –५ स्थित श्री बालाजी धामबाट दिनेश अग्रवालले कुनै सहयात्री बिना १७२० किलोमिटर लामो पदयात्रा औपचारिक रूपमा बुधबारबाट प्रारम्भ गरेका हुन् । धार्मिक आस्था, आत्मअनुशासन र दृढ संकल्पको उदाहरणका रूपमा हेरिएको यस यात्राको अवधि…