झापा २ मा साढे पाँच अर्बको ३२३ योजना कार्यान्वयन गरे : सभामुख घिमिरे

बिर्तामोड । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले हर्कलाल मार्गको बाँकी काम यसै आर्थिक वर्षभित्र सम्पन्न गर्न लागिपरेको बताउनुभएको छ । निर्वाचनमा हर्कलाल मार्ग निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएका घिमिरेले बाँकी रहेको काम पनि सक्ने गरी लागिपरेको बताउनुभयो । मंगलवार बिर्तामोड नगरपालिकाको सभाहलमा उहाँले झापा क्षेत्र नं. २ बाट निर्वाचित भएदेखि हालसम्म गरेका विकास निर्माण एवम् सामुदायिक…