हतियार देखाएर खोलाको अवैध उत्खनन

जनकपुरधाम । नदी–खोला अवैध उत्खननको विरोध गर्दा मिथिला नगरपालिकाका दिलीप महतोको हत्या भएपछि क्रसर व्यवसायको बदमासीबारे धेरैको ध्यान तानिएको छ । तर क्रसर उद्योगीहरुले हतियार बोकेर हिड्ने र स्थानीयलाई तर्साउने मात्र होइन, त्यही हतियारको देखाएर डकैती समेत गर्ने गरेको पाइएको छ । बटेश्वर गाउँपालिका– १ का मनोजकुमार कुशवाह हतियारसहित चित्रपुर खोलामा बालुवा निकाल्न गिट्टी उत्खनन् गर्न गएका…