काठमाडौँ, १२ भदौ - नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । बुधबारका लागि निर्धारित बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि आजका लागि बोलाइएको हो । आज दिउँसो बस्ने बैठकमा समसामयिक राजनीतिक, भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिकाबारेमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बुधबार केन्द्रीय समिति बैठक नबसे पनि केन्द्रीय पदाधिकारी बैठक भने बसेको…