काठमाडौँ । सरकारले नेपालमा सूचीकरण नभएका फेसबुक, एक्ससहितका दर्जनौँ बढी सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ । ती सामाजिक सञ्जालहरू हाल नेपालमा बन्द हुँदैछन् । सरकारको यो निर्णयलाई केहीले समर्थन गरेका छन् भने केही अभिव्यक्ति स्वतन्त्रतामाथिको बन्देज भनेर विरोध गरिरहेका छन् । सरकारको निर्णयको समर्थन गर्नेहरूले सामाजिक सञ्जाल नेपालमा सूचिकृत हुन जरुरी रहेको बताएका छन् ।…