हरेक वर्ष कोशीको बाढी र कटानको दोहोरो त्रासमा चिलिया टापु

सङ्गीता राई/रासस सुनसरी – 'हामी यहाँ बसाइँ सरी आएको समयमा कोशी नदी धेरै टाढा बग्थ्यो । अहिले त बस्तीमै आइपुगेको छ', सुनसरीको बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टापुका स्थानीय पदम राई भन्नुहुन्छ । वि.सं. २०७४ देखि परिवारसहित बसोबास गर्दै आउनुभएका राईले एक बिघा जमिनमा धान र मकै खेती गर्नुका साथै केही गाई भैँसी पालेर जीविकोपार्जन गर्दै आउनुभएको…