तेस्रो अन्तरराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप आजदेखि

ताप्लेजुङ, २४ साउन - तेस्रो अन्तरराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरू हुँदैछ । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समिति ताप्लेजुङद्वारा ताप्लेजुङ सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक टिम तेल्लोक स्पोर्टिङ क्लबले द योङ ब्रदर्श क्लब इटहरी, सुनसरीसँग प्रतिस्पर्धा गर्दैछ । दुवै टिम विदेशी खेलाडीसहित प्रतिस्पर्धा गर्नेछन् ।…