रोहित काफ्ले भद्रपुर - अन्तर्राष्ट्रिजगतमा निकै लोकप्रिय रहेको तर नेपालमा ओझेलमा परेको हक्की खेललाई उजागर गर्दै प्रवद्र्धन गर्ने उद्देश्यले झापाको भद्रपुरमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको हक्की प्रतियोगिता हुने भएको छ । आयोजक भद्रपुर नगर हक्की संघले प्रतियोगिताको तयारी पनि सुरु गरिसकेको बुझिएको छ । प्रतियोगिताको तयारीस्वरुप नै संघले आज भद्रपुर–९ पुहाँतुबारीस्थित पुहाँतु जनज्योति माविमा सर्वपक्षीय बृहत…