झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै

भद्रपुर । झापा जिल्ला कारागार भद्रपुरमा क्षमताभन्दा दोब्बर कैदीबन्दीका कारण दैनिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । कारागारको क्षमता ७५० जना रहे पनि हाल  एक हजार ५८५ जना कैदीबन्दी छन् । कारागार प्रशासन प्रमुख रेवन्त भट्टराईका अनुसार हाल कारागारमा ९९९ जना कैदी तथा मुद्दाको पुर्पक्षका क्रममा रहेका ५८६ जना थुनुवा रहेको कारागार प्रशासन प्रमुख भट्टराईले जानकारी…