झापा । सामाजिक उत्तरदायित्व, समावेशी शिक्षा तथा सामुदायिक विकासलाई प्रवर्धन गर्ने उद्देश्यले झापाको तक्षशिला प्रोग्रेसिभ इङलिस स्कुलले एक विशेष कार्यक्रमका बीच स्थानीय मदरसाहरूलाई शैक्षिक सामग्री तथा फर्निचर हस्तान्तरण गरेको छ । स्कुलले झापा गाउँपालिकास्थित मदरसा इस्लामिया रोहिमारी तथा मुस्लिम छात्रा मदरसालाई उक्त सहयोग उपलब्ध गराएको हो । तक्षशिला प्रोग्रेसिभ इङ्ग्लिस स्कुलका संरक्षक दुर्गा प्रसाद प्रसाईको…