मेचीनगर । लिची झार्ने क्रममा लडेर गम्भीर घाइते भएकी झापा मेचीनगर-१० की प्रियंका राजवंशीको उपचारमा सहयोग गरिदिन परिवारले अपील गरेका छन् । प्रियंकाको उपचारका लागि ६ लाख ५० हजार लाग्ने विर्तामोडस्थित इस्पाइलन हस्पिटल प्रशासनले भनेपछि उपचारमा सकेको आर्थिक सहयोग पुर्यादिनुहुन देश तथा विदेशमा रहेका नेपालीलाई उनकी आमा निपी राजवंशीले अपील गरेकी हुन् । प्रियंकाको उपचारका…