झापा - हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष राजेन्द्र गौतमले आफ्नो जन्मदिनको अवसरमा एक जेहेनदार छात्रालाई आर्थिक तथा शैक्षिक सामग्री सहयोग गर्नुभएको छ। भोजपुरको अरुण गाउँपालिकामा जन्मनुभएका उहाँ विगत तीन दशकदेखि पत्रकारिता क्षेत्रमा समेत क्रियाशील हुनुहुन्छ भने हाल नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य हुनुहुन्छ। मङ्गलबार लक्ष्मी क्याम्पस, बनियानीमा आयोजित…