थाहै नदिई मुक्तिचोक भत्काएकोमा संरक्षकहरुको आपत्ति

बिर्तामोड । झापा बिर्तामोडको मुक्तिचोकमा रहेको स्तम्भ हटाएको विषयलाई लिएर संरक्षक तथा सरोकारवालाहरुले आपत्ति जनाएका छन् । सोमवार विहान बिर्तामोडस्थित खालिङ चौतारीमा आयोजित छलफलमा सरोकारवालाहरुले आपत्ति जनाउदै स्तम्भ भत्काउनेहरुको विरोध जनाए । शनिवार राती कालिका जेभीले २०४६ सालको जनआन्दोलनको प्रतिक मेटाएको अगुवाहरुको भनाई छ । विना जानकारी मुक्तिस्तम्भ भत्काएकोमा विरोध जनाउँदै निर्माण समितिका संयोजक गोपाल…