काठमाडौं । नेपाल भ्रमण वर्षको शुभारम्भ काठमाडौंसँगै सात वटै प्रदेशबाट गरिने भएको छ । भ्रमणको शुभारम्भ जनवरी १ तारिख (पुस १६) मा काठमाडौंको दशरथ रङ्गशाला र यही दिन सात वटै प्रदेशबाट गरिने भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले जानकारी दिएका छन् । नेपाल भ्रमण वर्ष–२०२० मूल समारोह समितिको पाचौं बैठकमा सम्बोधन गर्दै मन्त्री भट्टराईले…